जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १२ शवको परीक्षण सकियो
त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार मृतक प्रिज्मा खतिवडा र उनका छोरा अधिराजको भने पहिचान भइसकेको छ।काठमाडौं, साउन १० : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म १२ शवको मात्र परीक्षण सकिएको छ।
डीएनए परीक्षण गर्नुपर्ने अवस्था नभए सबै शवको परीक्षण कार्य शुक्रबार मात्र सकिने भएको छ।
डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएमा दुई हप्तासम्म पनि लाग्न सक्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
जहाजमा जलेका कतिपय शवहरूको पहिचान गर्न कठिनाई भएको छ।
त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार मृतक प्रिज्मा खतिवडा र उनका छोरा अधिराजको भने पहिचान भइसकेको छ। अन्य १६ जनाको भने परिवारले दिएको जानकारीका आधारमा पहिचान गरिने उनले बताए।
पोष्टमार्टम सकिएका शव शनिबारबाट आफन्तलाई हस्तान्तरण गरिने भएको छ। विज्ञद्वारा शवको परीक्षण कार्य जारी छ।
प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार