‘नेकपा एसविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछ’
बिहीबार केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् सुनिएको बताउँदै त्यो सत्य हो कि होइन थाहा नभएको बताए।
काठमाडौं, साउन १० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन्।
बिहीबार केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् सुनिएको बताउँदै त्यो सत्य हो कि होइन थाहा नभएको बताए।
‘हाम्राविरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबाना बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य हो थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ,’ उनले भने।
अध्यक्ष नेपालले त्यसबारे विश्लेशण गरेर आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्ने बताए। यसका लागि विभिन्न राजनीतिक दल, राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने उनले बताए।
प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार