Kathmandu Press

मिसेस नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वल्र्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने जानकारी दिए।
मिसेस नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला

काठमाडौं, साउन १० : विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ।

बिहीबार राजधानीको कमलादिस्थित २५६ फिट उचाईको २२ औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार सल्मेलन गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वल्र्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने जानकारी दिए।

Hardik ivf

प्रतियोगिताको पहिलो चरणको अडिशन भादौ ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ।

मिसेस नेपाल वर्ल्डको विजेताले यो पटक पनि अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर पाउने अध्यक्ष झाले जनाए।

सोही मञ्चमा मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने छ।

‘यस पटक हामी केही परिमार्जित र फरक किसिमले कार्यक्रम गर्नेछौं। जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ,’ अध्यक्ष झाले भने।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ।

सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिनेछन्।

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्