क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य
‘क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ। उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करग भाच्चिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
काठमाडौं, साउन १० : दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य छ।
काठमाडौं मेडिकल कलेजकी निर्देशक प्रा.डा. मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएकी छिन्।
बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा विमान चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।
विमानमा सवार अन्य १८ जनाको मृत्यु भएको थियो। शाक्यलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो।
‘क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ। उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करग भाच्चिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार