Kathmandu Press

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्छ : परराष्ट्रमन्त्री डा.राणा

मन्त्री डा. राणाले वर्तमान सरकारले आफ्नो काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै आउने समयमा हुने कामहरु महिलाको पक्षमा हुने विश्वास व्यक्त गरेकी छन्।
मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं, साउन १० : परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिताको बारेमा आवाज उठाउनुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा उनले संसदमा मात्र ३३ प्रतिशत पुगेर नहुने भन्दै सुधारको क्रममा मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत पुग्नुपर्ने कुरामा जोड दिनुपर्ने बताइन्।

Hardik ivf

‘मन्त्रिमण्डलमा महिलाहरुको उपस्थिती न्यून भयो भन्ने कुरा उठेको छ। अहिले हामी संसदमा प्रतिनिधि गरेर ३३ प्रतिशत पुगेका छौं,’ उनले भनिन्, ‘अब अर्को सुधार गर्ने क्रममा मन्त्रिमण्डलमै पनि ३३ प्रतिशत पुग्नुपर्छ भन्ने आवाज उठाउनुपर्छ, यस बारेमा छलफल भइरहेको छ।’

मन्त्री डा. राणाले वर्तमान सरकारले आफ्नो काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै आउने समयमा हुने कामहरु महिलाको पक्षमा हुने विश्वास व्यक्त गरेकी छन्।

‘अहिलेको सरकारले एउटा मुख्य एजेण्डा भनेको संविधान संशोधन गर्ने र संविधानको मूल मर्मलाई परिवर्तन नगरिकन अझ राम्रो कसरी बनाउने भन्ने कुरामा सरकारले पहल गर्छ,’ उनले भनिन्, ‘यही पहलकदमीमा नै हरेक सरकारको काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्छ भन्ने एउटा कुरा पास भएको छ।’
 
देशमा उठेका हरेक मुद्दामा सरकार र प्रतिनिधिसभाले गम्भीर भएर हेर्ने पनि उनको भनाई छ।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्