Kathmandu Press

बेचन झालाई हिरासत मुक्तको माग गर्दै परेको रिट सर्वाेच्चद्धारा खारेज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ  परेका बेचन झालाई हिरासत मुक्त गर्नुपर्ने माग गर्दै बन्दी प्रत्यक्षीकरण सम्बन्धी परेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ।
बेचन झालाई हिरासत मुक्तको माग गर्दै परेको रिट सर्वाेच्चद्धारा खारेज

काठमाडौं, साउन १० :  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ  परेका बेचन झालाई हिरासत मुक्त गर्नुपर्ने माग गर्दै बन्दी प्रत्यक्षीकरण सम्बन्धी परेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो।

काठमाडौं जिल्ला अदालतले संगठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका छोरा दिव्यान्शु शेखर झाले  असार ३० सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत असार १४ गते पक्राउ परेका झालाई प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्