Kathmandu Press

राजश्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड बिगोसहित मुद्दा दायर

राजश्व अनुसन्धान विभागले ३ करोड ५० लाख १५ हजार ५४१ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
राजश्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड बिगोसहित मुद्दा दायर

काठमाडौं, साउन १० : राजस्व छली गर्ने ७ जनाविरुद्ध मुद्धा दायर भएको छ। 

राजश्व अनुसन्धान विभागले ३ करोड ५० लाख १५ हजार ५४१ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

Hardik ivf

विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (छ) बमोजिम उनीहरुले कसुर गरेको पुष्टि भएको छ। 

प्रतिवादीहरूलाई ऐनको दफा २३(१) बमोजिम जरिवाना तथा दफा २३(१)(ख) बमोजिम कैद सजाय समेतको माग सहित उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरिएको हो।
 
प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्