Kathmandu Press

रास्वपाले बनायो विधान परिमार्जनका लागि कार्यदल

कार्यदलको संयोजकमा महामन्त्री कविन्द्र बुर्लाकोटी छन्। यस्तै सदस्यमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ छन्।
रास्वपाले बनायो विधान परिमार्जनका लागि कार्यदल

काठमाडौं, साउन १० : विधान परिमार्जनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यदल गठन गरेको छ।

बिहीबार बसेको केन्द्रिय समिति बैठकले विधान परिजर्नका लागि ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको हो।

कार्यदलको संयोजकमा महामन्त्री कविन्द्र बुर्लाकोटी छन्। यस्तै सदस्यमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ छन्।

बैठकले कार्यदललाई सुझाव प्रतिवेदन तयार गर्न ९० दिनको समय दिएको छ।

बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टी सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्