Kathmandu Press

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाण्डौं, साउन १० : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि योजना आयोगको सदस्य रहेका अधिकारी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख समेत रहेका छन्। 

साथै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई योजना आयोगकाे सदस्यमा नियुक्त गर्ने समेत निर्णय गरेको छ।

 

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्