Kathmandu Press

लीलादेवी गड्तौला बनिन् पहिलाे महिला मुख्य सचिव

तेर्‍हथुमकी गड्तौला २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन्। उनी करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।
लीलादेवी गड्तौला बनिन् पहिलाे महिला मुख्य सचिव

काठमाडौं, साउन १० : सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो।

सिनियर सचिव भएका कारण गड्तौलालाई यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत असार ३१ गते कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। 

कानुन सेवाबाट सचिव भएकी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन्।

तेर्‍हथुमकी गड्तौला २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन्। उनी करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।

भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका थिए। उनलाई राष्ट्रिय योजना आयोगमा अतिरिक्त पद सिर्जना गरी जिम्मेवारीमुक्त गरेसँगै मुख्यसचिवको निमित्त जिम्मेवारी गड्तौलालाई दिइएको थियो।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्