Kathmandu Press

कैलाली भन्सारद्वारा ७ अर्ब राजस्व संकलन

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो।
कैलाली भन्सारद्वारा ७ अर्ब राजस्व संकलन

कैलाली, साउन १० :  कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो।

Hardik ivf

आब  २०८०/८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत एक अर्ब ५२ करोड राजस्व संकलन भएको उनले बताए।

भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८.३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९/८० मा आठ अर्ब २९ करोड राजस्व संकलन गरेको थियो।

आव २०७८/७९ मा नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा रु आठ अर्ब ८४ करोड संकलन भएको थियो।  

यसैगरी, आव २०७६/७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व संकलन भएको थियो भने आव २०७५/७६ मा पाँच अर्ब १९ करोड संकलन गरेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्