धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित
बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए।(11)-1721904019.jpg)
काठमाडौं, साउन १० : कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन्।
बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए।
‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन्। अहिले पनि रोकिएको छैन। उतै बसोबास गर्ने, काम गर्ने गर्छन्। तर धेरै विद्यार्थी जान थालेभने रेमिट्यान्स घट्दा समस्या हुन्छ। त्यही भएर यसमा विचार गर्नुपर्छ,’ उनले भने, ‘१२ कक्षासम्मका बच्चाहरुलाई सिधैँ सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन।’
प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












