Kathmandu Press

रास्वपाले कर्णालीमा विशेष अभियान चलाउने 

बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी भदौ दोस्रो साताबाट विपिन आचार्यको नेतृत्वमा कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको हाे।
रास्वपाले कर्णालीमा विशेष अभियान चलाउने 

काठमाडौं, साउन १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी भदौ दोस्रो साताबाट विपिन आचार्यको नेतृत्वमा कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रवक्ता झाका अनुसार बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको छ। 

समसामयिक राजनीति लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय गरेको छ भने राष्ट्रिय योजना आयोगको सदस्य भएपछि रास्वपा छाडेका अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ। 
 

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्