Kathmandu Press

सुदूरपश्चिम विश्वविद्यालयले पनि बनायो कोरोना टेस्ट बुथ

महेन्द्रनगर, चैत २५ : सुदूरपश्चिममा कोरोना भाइरसको त्रास बढेको वेला सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले कोरोना टेस्ट बुथ बनाएको छ। पहिलो टेस्ट बुथ महाकाल....

सुदूरपश्चिम विश्वविद्यालयले पनि बनायो कोरोना टेस्ट बुथ

महेन्द्रनगर, चैत २५ : सुदूरपश्चिममा कोरोना भाइरसको त्रास बढेको वेला सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले कोरोना टेस्ट बुथ बनाएको छ। पहिलो टेस्ट बुथ महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

सुदूरपश्चिममा स्वास्थ्यकर्मीलाई पीपीईको अभाव भइरहेको वेला कोरोनाको टेस्ट गर्न सहज होस भनेर सुरक्षित टेस्ट बुथ बनाएको विश्वविद्यालयले जनाएको छ। सुप विश्वविद्यालयको इन्जिनियरिङ संकायले कोरोना टेस्ट बुथ बनाएको हो।

सुदूरपश्चिम प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कोरोना टेस्ट बुथ बनाएको सुप विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन डा. किशनदत्त भट्टले बताए। ‘राष्ट्रिय आविष्कार केन्द्रको डिजाइन गाइडलाइनअनुसार, भीमदत्त नगरपालिकासँगको सहकार्यमा कोरोना टेस्ट बुथ बनाएका हौं,’ यसको नेतृत्व गरिरहेका डीन डा.भट्टले भने।

महाकाली अञ्चल अस्पतालमा काेराेना टेस्ट बुथ जडान गरिँदै।

कोरोना टेस्ट बुथ निर्माणमा इन्जिनियरिङ संकायमा कार्यरत सिभिल इन्जिनियर विभागका प्रमुख ई.तोरणप्रसाद भट्ट, शिक्षक ई.कमल लेखक तथा स्वयंसेवक ई.भुवनेश्वरी बोहरा र ईन्जिनियरिङ संकायका विद्यार्थी लोचन कार्की र वीरेन्द्रसिंह वडाल संलग्न रहेका छन्। यसमा डा.शंकर ढकालले प्राविधिक सल्लाह दिएका छन्।

सुप विश्वविद्यालयले निर्माण गरेको पहिलो कोरोना टेस्ट बुथ महाकाली अञ्चल अस्पतालमा जडान गरेको छ। अब विस्तार सुदूरपश्चिमका अन्य अस्पताल र स्वास्थ्य संस्थामा पुर्याइने डीन डा.भट्टले बताए।

सुप विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशीले विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनासँग जुध्न आफ्नो क्षेत्रबाट योगदान दिन उत्प्रेरित गरेका थिए। जसअनुसार, विश्वविद्यालयले आफ्नो विज्ञान प्रयोगशालामा स्यानिटाइज र डिसइन्भेक्टन्ट निर्माणको लागि पनि अध्ययन सरु गरेको छ। 

यससँगै विश्वविद्यालयले भारतबाट फर्केका सुदूरपश्चिमेलीको ट्रयासिङ स्टडी पनि गर्ने भएको छ। विश्वविद्यालयका अन्तर्गतका क्याम्पसलाई आइसोलेसन वाड सञ्चालनका लागि दिने निर्णय गरिसकेको छ।

 

प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, चैत २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्