Kathmandu Press

‘विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’

बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिंक रुपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन्।
‘विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’

काठमाडौं, साउन १० : प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन्।

Hardik ivf

बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिंक रुपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन्।

बैठकमा युनेस्को नेपालका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले सरकारसँगको सहकार्यमा शिक्षक शिक्षा दिन थालिएको बताए।

‘शिक्षकका विषयमा विश्वभरी नै कुराहरु उठ्न थालेका छन्। शिक्षक नभइकन केही हुदैन भन्ने छ। अब हामीले शिक्षकलाई आईसीटिमा लैजानुपर्छ। शिक्षकलाई कम्प्युटरसम्बन्धि ज्ञान हुनुपर्यो,’ उनले भने, ‘विद्यार्थी जान्ने र शिक्षक नजान्ने भयो भने समसया हुन्छ। शिक्षकहरुलाई यही विषयवस्तुकने ज्ञान दिन हामीले पाँच दिनको तालिम दिने निर्णय गरेका छौं।’

पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने गरेकाले उनीहरुलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालयतहबाटै सिकाइ आरम्भ गर्नुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्