Kathmandu Press

धोबीखोलाको पुल चर्किएपछि आवागमन बन्द

काठमाडौं महानगरपालिका १० र  ११ जोड्ने रोजबर्ड स्कुलसँगै रहेको पुल चर्किएपछि सवारीसाधन निषेध गरिएकोे छ। 
धोबीखोलाको पुल चर्किएपछि आवागमन बन्द

काठमाडौं, साउन १० : काठमाडौंको धोविखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्दभएको छ। 

केही दिन देखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका १० र  ११ जोड्ने रोजबर्ड स्कुलसँगै रहेको पुल चर्किएपछि सवारीसाधन निषेध गरिएकोे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

Hardik ivf

वर्षादका कारण चर्किएको पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको अधिकारीले बताए।

विद्यालय नजिकै रहेको हुँदा पनि बालबालिका समेतलाई जोखिम हुने भएकाले उक्त काम गरिएको हो।
पुलको रिटेनिङ वालमा समस्या आएको हो। 

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्