‘गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न सकेनन्’
उनले वर्तमान चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
मकवानपुर, साउन १० : सभामुख देवराज घिमिरेले गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको बताएका छन्।
हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले युवाको क्षेत्रमा अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै देशमा युवालाई ठीक ढंगले प्रयोग गर्नुपर्ने बताए।
उनले वर्तमान चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
यस्तै, सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको पनि बताए।
संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएकोलगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको हुन सक्ने बताए।