आइक्यानविरुद्ध विद्यार्थीको प्रदर्शन
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर आइक्यानलाई गत फागुन १३ गते मागपत्र बुझाएको थियाे।
काठमाण्डौं, साउन १० : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान(आइक्यान) विरुद्ध सिए अध्ययनरत विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन्।
आफुहरुले लामो समयदेखि उठाउँदै आएका माग पूरा नभएपछि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर आइक्यानलाई गत फागुन १३ गते मागपत्र बुझाएको थियाे।
उनिहरुले बुझाएको माग पत्र पूरा गर्न आइक्यान तयार नभएपछि बिहिवार आइक्यानको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)का अनुसार १२ गते बृहत प्रदर्शन गर्ने र १३ गतेबाट माग पूरा नभएसम्म आमरण अनसन बस्ने जनाएको छ।
विद्यार्थीका माग सम्बन्धित वार्ता लाइभ टेलिकास्ट गर्न नदिएसम्म कुनै पनि वार्तामा नबस्ने संगठनले अडान लिएको छ।