झापामा करेन्ट लागेर एककोे मृत्यु
करेन्ट लाग्दा कचनकवल गाउँपालिका–४ निवासी १६ वर्षीय छोरा विशालकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा, साउन १० : झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। करेन्ट लाग्दा कचनकवल गाउँपालिका–४ निवासी १६ वर्षीय छोरा विशालकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गएराति घरको भान्सा कोठामा नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियाे।
करेन्ट लागेर घाइते भएका शाहलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियाे।
घटना बारेमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाइएको छ।
प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












