Kathmandu Press

देशभर १८ सय बढीमा डेंगी संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ जनवरी देखी जुलाई २२ सम्म एक हजार ८२५ जनामा संक्रमण देखिएको जनाएको छ।
देशभर १८ सय बढीमा डेंगी संक्रमण

काठमाडौं, साउन १० : पछिल्लो समय देशभर डेंगी संक्रमितको संख्या बढेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ जनवरी देखी जुलाई २२ सम्म एक हजार ८२५ जनामा संक्रमण देखिएको जनाएको छ।

पछिल्लो पटक जुलाई २२ मा ३३९ संक्रमित थपिएका हुन्। वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ भने जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ।

यस्तै, झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ जिल्लामा डेंगी संक्रमण फैलिएका ईडीसीडीले जनाएको छ। 

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्