पहिरोले मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध
पहिरो खस्दा मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा सडक अवरुद्ध भएको छ।
रूकुम पश्चिचम, साउन १० : बुधबार साँझ पहिरो खसेपछि मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ।
पहिरो खस्दा मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन चल्न सकेका छैनन्।
सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको र बाटो खोल्ने प्रयास जारी रहेको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।
प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












