Kathmandu Press

समितिलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्न हुँदैन : सांसद बस्नेत

उनले समितिलाई आफू र आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने भन्दै पपुलिजममा विश्वास गर्ने नभएर मूल काममा केन्द्रीत भएर अगाडि बढ्ने कुरा प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए।
समितिलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्न हुँदैन : सांसद बस्नेत

काठमाडौं, साउन ९ : पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले, समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने धारणा राखेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वधार विकास समितिमा प्राप्त उजुरीहरुका बारेमा भएको छलफलमा उनले समितिलाई आफू र आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने भन्दै पपुलिजममा विश्वास गर्ने नभएर मूल काममा केन्द्रीत भएर अगाडि बढ्ने कुरा प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए।

‘समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल तल पार्ने कोशिसहरु पनि हुन्छन्। त्यसैले यस कुरामा हामी सजक हुनुपर्छ,’ उनले भने, ‘धेरै पपुलिजममा विश्वास गर्ने मात्र नभएर हाम्रो मूल काममा केन्द्रीत भएर अगाडि बढ्न् कुरा हाम्रो प्राथमिकतामा राख्नुपर्छ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले समितिमा आएका उजुरीहरुको छलफलमा एकदमै ढिलाई हुने गरेको भन्दै आएका उजुरीहरु कसरी हुन्छ छिटो छलफलमा ल्याउन आवश्यक रहेको बताइन्।

‘यसपटक अलि ढिला भएको हो कि भन्ने महसुश भयो। तर आगामि दिनमा आएका उजुरीहरु कसरी हुन्छ छिट्टै नै छलफलमा ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यो ढिलो हुँदा मैले पनि केही गुनासोहरु सुनि राख्नु परेको छ। त्यसैले छिटो गर्न आवश्यक छ।’

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्