Kathmandu Press

शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो।
शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, साउन ९ : सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन्।

यस्तै, सरकारले दुर्घटनाको छानविन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्