जीवनसँग सम्बन्धित विषय भएकाले दानको महत्व धेरै छ : प्रधामन्त्री
उनले जसलाई जुन चिज आवश्यक छ, त्यो चिजको आपूर्ति गरिदिनु दान भएको भन्दै समाजको लागि दान आवश्यक भएको बताए।(1)-1721825446.png)
काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन्।
बुधबार डा. अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए।
‘दान एउटा महान काम हो। जसलाई आवश्यक छ त्यसलाई दान दिनू। मलाई किड्नी फेल भयो किड्नी आवश्यक भयो, मलाई कसैले किड्नी दान दिए, दान लिएको किड्नी राखेर म हिँडिरहेको छु,’ उनले भने, ‘दान कति महत्वपूर्ण रहेछ भन्ने कुरा त यसले देखिन्छ। किड्नी दान नगरेको भए त, अहिले मेरो १७ औं पुण्य तिथि हुन्थ्यो। दान जीवनसँग सम्बन्धित छ। यसले धेरै महत्व राख्छ।’
उनले जसलाई जुन चिज आवश्यक छ, त्यो चिजको आपूर्ति गरिदिनु दान भएको भन्दै समाजको लागि दान आवश्यक भएको बताए।
‘जसलाई जुन चिज आवश्यक छ, उसलाई त्यो चिजको आपूर्ति गरिदिनु दान हा । त्यसको असाधारण महत्व छ। नचाहिएको मान्छेलाई किड्नी दिनु के काम हुन्छ र त्यसको, हुदैँन् त्यस कारण जसलाई के आवश्यक हुन्छ त्यो दिनु ठिक छ,’ उनले भने।
अब विश्व र नेपालबाट कुनैपनि हालतमा बुद्धिजम, बुद्ध दर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने पनि उनको भनाई छ।












