उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउन अध्यक्ष नेपाल सुझाव
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।-1718614314.jpg)
काठमाडौं, साउन ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।
परराष्ट्र मामिलामा नेपालको शक्ति गौरवपूर्ण इतिहास रहेकाले सोही अनुरुप अरूले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरूको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दाे बनाई अघि बढ्न अध्यक्ष नेपालले सरकारको ध्यानाकर्षण गराए।
अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरूलाई सहज हुनेगरी कूटनीतिक नियोगहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।












