Kathmandu Press

दुर्घटनामा मृत्यु भएका यात्रुको शव ७२ घण्टापछि आफन्तलाई दिइने

जहाज दुर्घटनामा परी मृत्यु हुने १८ जनाको पोष्टमार्टम बुधबारबाटै सुरु भएको छ। छिटो गर्न शिक्षण अस्पतालले २५ जनाको टोली पोस्टमार्टम गर्न खटाएको छ।
दुर्घटनामा मृत्यु भएका यात्रुको शव ७२ घण्टापछि आफन्तलाई दिइने

काठमाडौं, साउन ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शव पोस्टमर्टम ७२ घन्टापछि मात्र मृतकको परिवारलाई दिइने भएको छ।

जहाज दुर्घटनामा परी मृत्यु हुने १८ जनाको पोष्टमार्टम बुधबारबाटै सुरु भएको छ। छिटो गर्न शिक्षण अस्पतालले २५ जनाको टोली पोस्टमार्टम गर्न खटाएको छ।

Hardik ivf

पोष्टमार्टमका लागि समय लाग्ने भएकाले ७२ घण्टाको समय दिनुपरेको जनाइएको छ। दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटबाट १८ जनाकै शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ।

सौर्यको ९ एन–एएमई÷सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो । जहाजमा सबार क्याप्टेन मनीष शाक्यबाहेक अरू सबै यात्रुको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:२० बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्