Kathmandu Press

आयुक्तमा सिफारिस प्रधानको विषयमा समितिले अर्को बैठकबाट मात्रै निर्णय लिने

प्रधानको बिषयम बुधबार भएका सुनुवाईपछि समितिका सदस्यविच अर्को बैठकबाट टुंगो लगाउने सहमति भएको हो।
आयुक्तमा सिफारिस प्रधानको विषयमा समितिले अर्को बैठकबाट मात्रै निर्णय लिने

काठमाडौं, साउन ९ : संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सिफारिसबारे अर्को वैठकबाट मात्र निर्णय गर्ने भएको छ।

प्रधानको बिषयम बुधबार भएका सुनुवाईपछि समितिका सदस्यविच अर्को बैठकबाट टुंगो लगाउने सहमति भएको हो।

Hardik ivf

महिलालाई जागिर लगाइदिने प्रलोभनमा यौन दुराचार गरेको भन्दै प्रधानमाथि परेको उजुरीमा परेको थियो। सुनुवाई समितिमा अधिकांश सांसदहरूले उजुरी केन्द्रित प्रश्न प्रधानलाई राखेका थिए।

अर्को बैठकमा निर्णय हुने बताइए पनि बैठक कहिले बस्ने भनेर मिति तोकिएको छैन।

कानुनतः सिफारिस भएको ४५ दिनभित्र समितिबाट अनुमोदन नभएमा नियुक्तिको बाटो खुल्ने व्यवस्था छ।

४५ दिन यही साउन १७ गते पुग्छ । त्यसअघि कुनै निर्णय नभएमा प्रधानलाई आयुक्तको बाटो खुल्नेछ।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्