Kathmandu Press

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन्। देउवाले दुर्घटनामा परि मत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं, साउन ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन्। देउवाले दुर्घटनामा परि मत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

Hardik ivf

दुर्घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सौर्य एयरलाइन्सको बिहान ११ः११ मिनेटमा पोखराका उड्नै वित्तिकै त्रिभुवन विमानस्थालमै दुर्घटनामा परेको थियो। विमान इन्जिन परीक्षणका लागि पोखरा लगिँदै थियो।

विमानमा चालकदलका सदस्यसहित १९ यात्रु थिए। उनीहरुमाथि पाइलट मनिषरत्न शाक्यको जिवितै उद्धार गरिएको थियो भने अन्य १८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्