Kathmandu Press

‘बीआरआई’मा बृहत छलफल आवश्यक छ’

‘बीरआरआई भनेको अहिले फ्रेमवर्कमात्रै हो। बीआरआई भन्ने वित्तिकै एकदमै डराएर भाग्नुपर्ने जस्तो पनि लाग्दैन,’ उनले भनिन्, ‘यसमा कसरी जाने भन्नेबारेमा छलफल हुन बाँकी नै छ । यो छलफलमा हामी सबैले भाग लिनुपर्छ भन्ने लागेको छ।’
‘बीआरआई’मा बृहत छलफल आवश्यक छ’

काठमाडौं, साउन ९ : परराष्ट्रमन्त्री डा.आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौताबारे विस्तृत छलफल गरेर मात्र अघि बढाउन सकिने बताएकी छन्।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा डा.राणाले परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन्। प्रधानमन्त्री केपी ओलीले परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरिन्।

Hardik ivf

परियोजनाको मोडालिटीबारे सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरिने भनाई मन्त्री राणाको थियो। मन्त्री डा. राणाले एमसीसीका विषयमा पनि संसदमा समेत व्यापक छलफल भएको स्मरण गराइन् ।

सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको भनाई मन्त्री राणाको थियो। बीआरआई परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको पनि मन्त्री राणाले प्रष्ट पारिन्।

‘बीरआरआई भनेको अहिले फ्रेमवर्कमात्रै हो। बीआरआई भन्ने वित्तिकै एकदमै डराएर भाग्नुपर्ने जस्तो पनि लाग्दैन,’ उनले भनिन्, ‘यसमा कसरी जाने भन्नेबारेमा छलफल हुन बाँकी नै छ । यो छलफलमा हामी सबैले भाग लिनुपर्छ भन्ने लागेको छ।’

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्