Kathmandu Press

रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ : परराष्ट्रमन्त्री

उनका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ। हालसम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन्।
रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं, साउन ९ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताइन्।

Hardik ivf

‘अहिले रसियामा पररष्ट्र मन्त्रालयले त्यती सक्रिय भएर काम गर्न सकेको रहेनछ। यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको रुसमा रहेको राजदूतावास मार्फत पहल गर्नुपर्छ भनेर योभन्दा अगाडिको मन्त्रीहरुलाई पनि उहाँहरुलाई जानकारी दिएको र त्यही अनुरुप हाम्रो राजदूतावासले कुराहरु गरिरहेको छ,’ उनले भनिन्, ‘निरन्तर पहल भइरहेको छ । नेपालीहरु जो रसियन सेनामा छन्, ३२१ जनाको मात्र रेकर्ड छ। त्योभन्दा बढि पनि छ भन्ने छ तर हामीसँग रेकर्ड छैन्।’  

उनका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ। हालसम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन्।

यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एक जना फर्कि सकेको छ। मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ।
हालसम्म उद्धारका लागि निवेदन परेको ३२३ जना छन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेका छन्।

यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरु देखि नै उच्च स्तरी तहमा दुई पक्षिय र बहु पक्षिय  कूटनीतिक पहल निरन्तर रुपमा गरिरहेको पनि उनले बताइन्।

 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्