Kathmandu Press

सौर्य एयरको विमान दुर्घटना : त्रुटि पत्ता लगाउन मन्त्री पाण्डेले थाले छलफल

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे-७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए।
सौर्य एयरको विमान दुर्घटना : त्रुटि पत्ता लगाउन मन्त्री पाण्डेले थाले छलफल

काठमाडौं, साउन ९ : बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे-७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए।

Hardik ivf

उनले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिएका छन्।

दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाएका छन् । उनले नेपाल वायुसेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरुसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताए।

आगामी दिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिक कमजोरी के थियो पत्ता लगाउन मन्त्री पाण्डेले सम्बन्धित निकायका कर्मचारीहरुसँग छलफल अगाडि बढाएका हुन्।

दुर्घटनालगत्तै प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले पनि घटनास्थलको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीले सम्बन्धित कर्मचारीहरुसँग छलफल समेत गरेका छन्।

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्