निर्वाचन आयुक्तमा सिफारिस प्रधानको समितिमा सुनुवाई शुरु, पत्रकारलाई निषेध
संसदीय सुनुवाइमा पत्रकार प्रवेशमा रोक लागाईएको यो पहिलो पटक हो। यसअघि कुनै पनि संसदीय सुनुवाइमा पत्रकारलाई राखिन्थ्यो ।
काठमाडौं, साउन ९ : निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइ शुरु भएको छ।
प्रधानविरुद्ध एक महिलालाई जागिर लगाइदिने प्रलोभनमा पारेर यौन शोषण गरेको आरोपसहित समितिमा उजुरी परेको थियो। संवैधानिक परिषदले प्रधानलाई गत असार ३ गते निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
यसअघि समितिले उजुरीकर्तासँगको छलफलपछि थप अध्ययन गर्न भन्दै १९ दिनअघि सुनुवाइ स्थगित गरेको थियो। प्रधानको सुनुवाइमा पत्रकारलाई प्रवेश दिइएको छैन। गोपनियतालाई ध्यानमा राखेर पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ।
सुनुवाइ समितिको छलफलमा प्रधानले आफ्नो भनाई राखेका छन्। प्रधानले सुनुवाईका क्रममा क्षमता, योग्यता र अनुभवमा केन्द्रित हुनुपर्नेमा अतिरञ्जिततरिकाबाट व्यक्तिगत जिवनमा बहस भएको बताएका छन्।
सुनुवाई समितिमा प्रधानको सिफारिसविरूद्ध उजुरी आह्वान भएपछि पीडितलगायत चार जनाले यौन दुव्र्यवयवहारको आरोपमा उजुरी दिएका थिए ।












