Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक 

जहाज दुर्घटनाबारे छानबिन गरिने
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक 

काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा दुर्घटना पछिको तीव्र उद्धार, राहत लगायत विषयमा निर्णय हुनेछन्। 
दुर्घटनाबारे छानविनका लागी एक आयोग समेत बनाउने तयारी रहेको छ।

दुर्घटनाग्रस्त विमानमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डान प्राधिकरणले जनाएको छ।  घाइते भएका पाइलट मनिष शाक्यलाई उद्धार गरी केएमसी अस्पतालमा उपचार भईरहेको छ। 

 

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्