Kathmandu Press

जहाज दुर्घटनामा व्यवस्थापन समूहका चार जनाको निधन 

सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा रहेको प्रहरीले जनाएको छ ।
जहाज दुर्घटनामा व्यवस्थापन समूहका चार जनाको निधन 

काठमाडौं, असार ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एयरलाइन्स व्यवस्थापन समूहका चार जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा रहेको प्रहरीले जनाएको छ ।

यी मध्ये चारजना व्यवस्थापन समूहका थिए ।

विमानमा सवार १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमानका को पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । 
 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्