Kathmandu Press

बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

मृतक पैदलयात्रीको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ।
बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

काठमाडौं, साउन ९ : भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बुधवार भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बा. प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका थिए। 

Hardik ivf

उपचारको क्रममा भक्तपुर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए। मृतक पैदलयात्रीको सनाखत हुन नसकेको डीएसपी कार्कीले बताए।

बस चालक हेटौंडा उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरी नियन्त्रणमा रहेका छन्।

 

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्