Kathmandu Press

जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु, एक विदेशी नागरिक

जहाज दुर्घटनामा परी एकै परिवारका मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो। मनुराज र प्रिजा श्रीमान–श्रीमती रहेको र अधिराज उनीहरुका नावालक छोरा रहेको जनाइएको छ।
जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु, एक विदेशी नागरिक

काठमाडौं, असार ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेको छ।

जहाज दुर्घटनामा परी एकै परिवारका मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो। मनुराज र प्रिजा श्रीमान–श्रीमती रहेको र अधिराज उनीहरुका नावालक छोरा रहेको जनाइएको छ।

मनुराज जहाजका प्राविधिक थिए भने  प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन्।

विमान दुर्घटनामा एक यमनका नागरिकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा अरिफ रेडा रहेको खुलेको छ। उनी सौर्य एयरमा कर्मचारीको रूपमा काम गर्दै आएको जनाइएको छ।

काठमाडौँबाट पोखराका लागि बुधबार बिहान उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार जहाज धावनमार्गबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिएर दुर्घटना ग्रस्त हुन पुगेको थियो।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्