प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनास्थलको निरीक्षण
उद्दारको काम सकिएपछि दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणका लागि ओली पुगेका हुन्।
काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी ओलीले सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना भएको स्थल पुगेर निरीक्षण गरेको छन्।
उद्दारको काम सकिएपछि दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणका लागि ओली पुगेका हुन्।
बुधवार बिहान ११ः११ मा काठमाडौं पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो।
दुर्घटनाग्रस्त विमानमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डान प्राधिकरणले जनाएको छ। घाइते भएका पाइलट मनिष शाक्यलाई उद्धार गरी केएमसी अस्पतालमा उपचार भईरहेको छ।
दुर्घटनाको निरीक्षणका लागि यसअघि गृहमन्त्री रमेश लेखक पनि विमानस्थल पुगेका थिए ।
प्रकाशित मिति: १४:०४ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












