Kathmandu Press

जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍याे : प्राधिकरण

काठमाडौंबाट पोखरा उडानको क्रममा उड्ने बित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुन पुगेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। 
जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍याे : प्राधिकरण

काठमाडौं, साउन ९ : सौर्य एयरलाइन्सको CRJ7 (Reg. 9NAME) जहाज काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरा उडानको क्रममा उड्ने बित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुन पुगेको नेपाल नागरिक उड्डायन प्राधिकरणले जनाएको छ।

Hardik ivf

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सौर्य एयरलाइन्सको CRJ7 (Reg. 9NAME) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११मा पोखरा उडानको क्रममा उड्ने बित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको जानकारी गराइन्छ।’

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको १८ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ। 

सौर्य एयरलाइन्सका अनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए। जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी केएमसी अस्पतालमा उपचार भईरहेको छ। 

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्