Kathmandu Press

उपसभामुख रानालाई हटाउन माग गर्दै समितिमा उजुरी दर्ता

उप–सभामुख रानाले संसद् सचिवालय र आफ्नो पदको दूरुपयोग गरी पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको दाबी उजुरीमा छ।
उपसभामुख रानालाई हटाउन माग गर्दै समितिमा उजुरी दर्ता

काठमाडौं, असार ९ : उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उजुरी दर्ता गरेका हुन्। उप–सभामुख रानाले संसद् सचिवालय र आफ्नो पदको दूरुपयोग गरी पदीय मर्यादाविपरीत अमेरिकी  राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको दाबी उजुरीमा छ।

उप–सभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन बास्कोटाको माग छ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्र यतिबेला शंकाको घेरामा परेको छ।

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्र्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिको तथ्य बाहिरिएको थियो।

 

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्