Kathmandu Press

बन मन्त्रालयसँग सम्बन्धित कानूनलाई जनमैत्री बनाउन आवश्यक : सांसद बर्तौला

उनले जनमैत्री कानून बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यतामा समितिहरुले काम गर्नुपर्ने बाध्यता रहेको बताए।
बन मन्त्रालयसँग सम्बन्धित कानूनलाई जनमैत्री बनाउन आवश्यक : सांसद बर्तौला

काठमाडौं, साउन ९ : नेकपा एमालेका सांसद महेश बर्तौलाले बन मन्त्रालयसँग सम्बन्धित कानूनहरु जनमैत्री बनाउनुपर्ने बताएका छन्।

बुधबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको विषयमा बनमन्त्रालयसँगको दफावार छलफलमा बोल्दै सांसद बर्तौलाले देशमा बनजंगलका कारणले अहिले पनि विकास, निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभाव पारिरहेको बताएका हुन्।

Hardik ivf

‘मन्त्रीज्यूसँग मेरो आग्रह छ, वनसँग सम्बन्धित धेरै कानूनहरु बनिरहेका छन् । जनमैत्रि बनाउनुपर्छ । देशमा गणतन्त्र आएको भएपनि देशमा बनजंगलका कारणले अहिले पनि विकास निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभावहरु परेका छन्,’ उलने भने, ‘यस्तो प्रभाव कम गर्न मध्यवर्तिको परिषभालाई समय अनुकुल बनाउँ, संरक्षित क्षेत्रको परिभाषा व्यवस्थित गरौं। वनसँग सम्बन्धित कानूनहरुमा संरक्षित क्षेत्रहरुलाई परिभाषित गरिएका छैनन्।’

बनेका कानूनहरुको कार्यान्वयनको पक्ष फितलो भएका कारण सांसदहरुले गाली खानुपरेको बर्तौलाको भनाइ छ। उनले जनमैत्री कानून बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यतामा समितिहरुले काम गर्नुपर्ने बाध्यता रहेको बताए।

‘नेपालको कानून निर्माणको आजसम्मको प्रक्रियामा देखिएको सबैभन्दा डरलाग्दो खतरनाक पक्ष सही कार्यान्वयन भएन भने सांसदले गाली खानुपर्छ,’ उनले भने, ‘आज पनि हामी कसरी जनमैत्री कानून बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यता छ । मन्त्रालयबाट लिने सुझाव सल्लाह त लिन्छौं नै तर यसको निर्णायक क्षेत्र त्यो होइन। हामी हौं।’

 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्