Kathmandu Press

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बुधवार बिहान ११ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि विमान उडान तथा अवतरण प्रभावित बनेको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ।
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सांकेतिक तस्बिर।

काठमाडौं, साउन ९ : बुधवार बिहान ११ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि विमान उडान तथा अवतरण प्रभावित बनेको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ।

दुर्घटना भएको झण्डै दुई घन्टापछि विमानस्थल सञ्चालनमा आएको  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानमा क्याप्टेन मनिष शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो।
 

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्