Kathmandu Press

मर्मतका लागि पोखरा लगिँदै थियो दुर्घटनाग्रस्त जहाज

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेले भने-‘हामीले नियामक निकाय क्यानसँग अनुमति लिएर जहाज मर्मतका लागि पोखरा लैजान लागेका थियौँ, तर जहाज उड्नेबित्तिकै तल खसेछ।’
मर्मतका लागि पोखरा लगिँदै थियो दुर्घटनाग्रस्त जहाज

काठमाडौं, साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। 

९एन–एएमई कलसाइनको सिआरजे २०० जहाज सी–चेक (मर्मत) का लागि पोखरा लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए।

उनले भने–‘हामीले नियामक निकाय क्यानसँग अनुमति लिएर जहाज मर्मतका लागि पोखरा लैजान लागेका थियौँ, तर जहाज उड्नेबित्तिकै तल खसेछ। जहाजमा चालक दलका सदस्य र इन्जिनियर मात्र थिए, यात्रु थिएनन्।’

जहाजमा चालक दलका सदस्य, इन्जिनियर लगायत १९ जना सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। 
 

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्