Kathmandu Press

सौर्य जहाज दुर्घटनामा १८ जनाको शव निकालियो

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको शव निकालिएको हो।
सौर्य जहाज दुर्घटनामा १८ जनाको शव निकालियो

काठमाडौं, असार ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको शव निकालिएको हो।

जहाजमा पाइलट सहित १९ जना सवार रहेको जनाइएको छ। सवार सबै सौर्यकै कर्मचारी रहेको बताइएको छ।

पाइलट मनिषरत्न शाक्यलाई जिवितै उद्धार गरि केएमसी अस्पताल लगिएको छ।

दुर्घटनामा निधन हुनेहरुको पहिचानत हुन भने बाँकी नै छ।

सौर्यको उक्त जहाज मर्मतका लागि प्राविधिक र कर्मचारीसहित पोखरा जाँदै गरेको जनाइएको छ ।

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्