Kathmandu Press

विमान चालक मनिषलाई उद्धार गरेर उपचारका लागि लगियो

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको आँखामा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
विमान चालक मनिषलाई उद्धार गरेर उपचारका लागि लगियो

काठमाडौं, साउन ९ : सौर्य एयरलाइन्सका विमान चालक मनिष रत्न शाक्यको उद्धार गरिएको छ।

बुधबार काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको ९–एन–एएमई कलसाइन रहेको सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको आँखामा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

विमान ११ः११ बजे दुर्घटनामा परेको थियो भने शाक्यलाई ११ः४०मा उद्धार गरिएकोे थियो।

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्