Kathmandu Press

हलेसीमा पौवा रिसोर्ट र मुलकोटमा पौवा होटल सुरु

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा लानको लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको बताए।
हलेसीमा पौवा रिसोर्ट र मुलकोटमा पौवा होटल सुरु

काठमाडौं, साउन ९ : होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौवा ग्रुपले १४ औ शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट र खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी गराएका हुन्।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा लानको लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको बताए।

Hardik ivf

‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौं। काठमाडौकोदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो,’ उनले भने, ‘काठमाडाैंको भीडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौं।’

उनले हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएको भन्दै आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङमा रिसोर्ट सञ्चालन गरेको बताए।

‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ,’ उनले भने।

पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउन सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्ने भन्दै देशभर १४ वटा पौवा चेन निमार्ण गरेको बताए ।

एक दशकमा १ सय शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिदै गएको छ।

लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलबस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङगा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो।

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्