Kathmandu Press

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन्। अहिले उद्धार कार्य चलिरहेको छ।
विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, साउन ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द गरिएको छ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो।

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन्। अहिले उद्धार कार्य चलिरहेको छ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।

विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ। त्यसमध्ये अग्नि नियन्त्रकहरुले ४ जनाको शव निकालेका छन्।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्