Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने

बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने

काठमाडौं, साउन ९: नेकपा एकीकृत समाजवादीले बिहीबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ।

बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन्।

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्