Kathmandu Press

दुर्घटना भएकाे सौर्य जहाजमा १९ जना रहेकाे पुष्टी

पोखराका लागि उडेको जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएर दुर्घटना भएकाे हाे।
दुर्घटना भएकाे सौर्य जहाजमा १९ जना रहेकाे पुष्टी

काठमाडौं, साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटना भएको छ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा जहाजमा १९ जना यात्रु रहेका थिए।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ। अहिले उद्दारको काम भइरहेको छ।

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्