चीनमा पहिलो पटक कोरोनाबाट मृत्यु हुने क्रम रोकियो
काठमाडौं, चैत २५ः गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण विश्व आक्रान्त बनेको छ। तर, कोरोनाको सुरुवात भएको देश चीनमा भने पहिलो पटक यसबाट मृत्यु ह....

काठमाडौं, चैत २५ः गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण विश्व आक्रान्त बनेको छ। तर, कोरोनाको सुरुवात भएको देश चीनमा भने पहिलो पटक यसबाट मृत्यु हुने क्रम रोकिएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मंगलबार ३२ नयाँ संक्रमित भेटिएका छन्। नयाँ संक्रमित सबै विदेशबाट आएका हुन्।
जोन हपकिङ ट्रयाकरका अनुसार अहिले विश्वभरका १३ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित बनेका छन्। यस्तै ७५ हजारले ज्यान गुमाएका छन्। चीनमा ८३ हजार भन्दा बढी मानिस कोरोना संक्रमित बन्दा तीन हजार ३४० ले ज्यान गुमाएका छन्। कोरोनाको सुरु भएकै देशमा मृत्यु हुने क्रम रोकिँदा धेरैले महाव्याधीमा आशाको सञ्चार भएको बताएका छन्।











