Kathmandu Press

‘प्राप्त उपलब्धिहरुको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार’

उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरिरणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए।
‘प्राप्त उपलब्धिहरुको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार’

काठमाडौं, साउन ९ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन्।

बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरिरणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए।

Hardik ivf

राष्ट्रिय स्वाधिनता र हितको रक्षा गर्न सकेमात्र संस्थापक नेताहरुको सपना साकार हुने श्रेष्ठको भनाइ थियो।

‘हामीले आज समाजवादउन्मुख समृद्धि निर्माण गर्ने र रणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा प्रष्ट हुनुपर्दछ। अहिले हामीसँग चार, पाँच वटा कार्यभारहरु छन्,’ उनले भने।
उनले संस्थपक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइरहँदा हामीले अगामि बाटो निर्धारण नगरि नहुने र राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्नुपर्ने बताए।

‘अहिलेसम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनतिर जाने खतरालाई रोक्नुपर्नेछ। सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिव्र बनाएर समृद्धको यात्रा अगाडि बढाउनुछ र समाजवादको  आधार तयार पार्नुछ,’ उनले भने।

उनले समाजवादी क्रान्ति सम्मपन्न गर्ने मुख्य कार्यभारबारे छलफल गरेर त्यसलाई व्यवहारमा लागु गर्ने संकल्प लिएर अघि बढ्नु आजको मुख्य आवश्यक्ता भएको बताए।

 

प्रकाशित मिति: १०:४९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्